हामी अयोग्य कि उपेक्षित ?
पछिल्लो समय राज्यले ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका हामी कर्मचारीहरूलाई अनिवार्य अवकाश दिएर घर पठाउने नीति अगाडि बढाउँदैछ । यसले वर्षौँदेखि जनताको सेवा गर्ने म जस्ता धेरै निजामती कर्मचारीलाई एक किसिमको आशंका र अलिकति चोट पुर्याएको छ । अहिले सिंहदरबारदेखि स्थानीय तहसम्म, अनि चियापसलदेखि सामाजिक सञ्जालसम्म कर्मचारीतन्त्रविरुद्ध आक्रोश पोखिन्छ […]
