जेनजी आन्दोलनमा ध्वस्त टंगालको भाटभटेनी आजबाट सञ्चालनमा आयो, बाँकी दुईवटा पनि छिट्टै सञ्चालनमा आउने
काठमाडौं । जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ। सोमबार बिहानदेखि भाटभटेनीको टंगाल स्टोर सञ्चालन भएको हो।अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले स्टोरमा पुगेर सञ्चालनको शुभारम्भ गरेका थिए । यससँगै ज बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको छ […]
