नार्कअन्तर्गतका निकायको कार्यशैलीलाई थप परिणाममुखी बनाउन संसदीय समितिको निर्देशन
५ असोज, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति अशोककुमार चौधरीले यस्तो निर्देशन दिएका हुन् । उनले अनुसन्धान नतिजाको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरणका लागि नीतिगत पहल गरिने बताए […]
