एसियन गेम्स : टेबल टेनिसको टिम प्रतिस्पर्धाबाट बाहिरिए इभाना, योङ्गी र नविता
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेबल टेनिसको महिला टिम प्रतिस्पर्धाबाट नेपालका इभाना थापा, योङ्गी पौडेल, नविता श्रेष्ठको जोडी बाहिरिएको छ । जापानको स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३–१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो । समूह ‘ए’ मा रहेको नेपाली टिम आइतबार चीनसँग ३–० ले पराजित भएको थियो । […]
