रूपाले माग्यो भूमि बैंकका लागि जग्गा : जग्गाधनीलाई प्रतिफल, नहुनेलाई अवसर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भूमि बैंक स्थापना तथा सञ्चालनका लागि स्वीकृति पाएका देशका पाँच स्थानीय तहमध्ये रूपा गाउँपालिका पनि हो ।
