अर्थमन्त्रीको भारतीय समकक्षीसँग भेटमा नेपाली झन्डा नराखिएकोबारे रास्वपा प्रवक्ताको प्रष्टिकरण
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीचको भेटमा नेपाली झन्डा नराखिएको विषयमा बचाउ गरेका छन् । आइतबार रास्वपा सचिवालय बैठकपछि पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता खरेलले त्यो द्विपक्षीय भेटवार्ताको तस्वीर नभएको दाबी गर्दै बचाउ गरेका हुन् । पत्रकारले उनीसँग ‘अर्थमन्त्रीज्यूको भारत भ्रमणका […]
