विद्यालय पुनर्निर्माणअघि सिकाइ पुनःस्थापना अपरिहार्य
विपद्ले विद्यालय भवन भत्काउँदा केवल एउटा भवन ध्वस्त हुँदैन, एउटा पुस्ताको सिकाइको निरन्तरता पनि भत्किन्छ। भौतिक संरचना बनाउन वर्षौं लाग्न सक्छ। तर बालबालिकाको पढाइ वर्षौंसम्म रोक्न सकिंदैन। विद्यालय भनेको चार पर्खाल होइन। विद्यालय भनेको शिक्षक, विद्यार्थी, पाठ्यक्रम, सिकाइ वातावरण र निरन्तर चल्ने शैक्षिक प्रक्रिया हो। भवन ध्वस्त भएको छ भने भवनको विकल्प खोज्न सकिन्छ। तर सिकाइ रोकिनुहुँदैन।
