२०औं एसियन गेम्स : कास्य पदकको प्रतिस्पर्धामा पनि हारे राकेश
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ५५ केजीमूनिको तौल समूहको कास्य पदकको प्रतिस्पर्धामा नेपालका राकेश मानन्धर पराजित भएका छन् । जापानको तोयोहाशी जिम्नेसियममा भएको खेलमा राकेश मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग ९–१ ले पराजित भए । यसअघि उनी सेमिफाइनलमा उज्वेकिस्तानका खुमोयुनमिर्जो खालिमोभसँग ७–० ले पराजित भएका थिए ।
