संवैधानिक सर्वोच्चता र हाइब्रिड सङ्घीयताको अभ्यास
संवैधानिक सर्वोच्चता भनेको संविधानलाई सर्वोच्च दस्तावेजका रूपमा स्वीकार गर्नु मात्र होइन; संविधानले दिएको अधिकारलाई पनि सर्वोच्च सम्मान दिनु हो। सङ्घीयताको सफलता गाउँपालिका र नगरपालिकामा नागरिकले कति सहज, प्रभावकारी र उत्तरदायी शासनको अनुभूति गर्छन् ? भन्नेबाट मापन हुन्छ।
