प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, बाढी प्रभावितका लागि पहेंलो गुम्बालाई दियो बंक बेड
काठमाडौं । प्रभु बैंकले विपद्बाट प्रभावित परिवारलाई आश्रय दिइरहेको काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुम्बामा आश्रित प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बंक बेड उपलब्ध गराएको हो । विपद्का कारण घरबारविहीन भएका परिवारका लागि आश्रयस्थलमा बंक बेड आवश्यक रहेको पहिचान भएपछि […]
