जलवायु क्षतिपूर्ति र जीवाश्म इन्धनमुक्त भविष्यको माग
३ असोज, काठमाडौं । नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति र ऋण नथपिने गरी जलवायु वित्त उपलब्ध गराउन माग गरेका छन्। ‘जीवाश्म इन्धनमुक्त भविष्यका लागि अन्तर्राष्ट्रिय अभियान सप्ताह’का अवसरमा उनीहरूले जीवाश्म इन्धनमा आधारित विकास प्रणाली अन्त्य गरी नवीकरणीय ऊर्जातर्फ न्यायपूर्ण संक्रमण गर्नुपर्ने बताएका हुन्। गत २६ अगस्टमा भोटेकोशी–त्रिशूली नदी […]
