बंगलादेशका अकबर अलीले कर्णाली याक्सबाट एनपीएल खेल्ने
१ असोज, काठमाडौं । बंगलादेशका विकेटकिपर–ब्याटर अकबर अलीले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत दायाँहाते ब्याटर तथा विकेटकिपर अकबरलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो । २४ वर्षीय अकबरले बंगलादेशको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने अवसर नपाए पनि घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका छन् । […]
