बीएन जोशीको ‘फुकुवा’ माथि अन्तरसंवाद
काठमाडौँ । साहित्यकार बीएन जोशीको नियात्राकृति ‘फुकुवा’ को अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरको रानीकोटमा आयोजित कार्यक्रममा निबन्धकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव रोशन शेरचनले जोशीका नियात्रा रोमाञ्चक र विस्मयकारी रहेको टिप्पणी गरे। ‘लेखक बीएन जोशी बिनायोजना घरबाट निस्कने घुमक्कड रहेछन्, घर छोडेपछि यात्राले आफैँ लय पकड्दो रहेछ’ शेरचनले भने, ‘त्यसरी भौँतारिँदा यात्रा निकै […]
