युद्ध अन्त्यअघि नै रुससँग व्यापारिक सम्झौता गर्ने ट्रम्प प्रशासनको तयारी
२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा युद्ध समाप्त हुनुअघि नै रुससँग व्यापारिक सम्झौताहरू गर्ने विचार गरिरहेको छ। मस्कोसँगको वार्ताका लागि नयाँ नीतिको अंशका रूपमा यस्तो तयारी भइरहेको द न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। यस्ता सम्झौताहरूले रुससँगको सम्बन्धलाई पुनः सुरु गर्ने वाशिङ्गटनको गम्भीर मनसाय देखाउन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। […]
