इरानमा अमेरिकाले युद्ध अपराध गरेका पर्याप्त आधार छन् : यूएन विशेषज्ञ
२ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का मानवअधिकार विशेषज्ञहरूले इरानमा अमेरिकाले गरेका दुईवटा हमलामा युद्ध अपराध भएको पर्याप्त आधार रहेको बताएका छन् । यी हमलामा कम्तीमा १७७ जना सर्वसाधारणको मृत्यु भएको छ । इरानसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोजी मिसनको नयाँ प्रतिवेदनमा फेब्रुअरीमा मिनाबस्थित एउटा प्राथमिक विद्यालय र लामेर्दको एउटा खेलकुद परिसरमा भएका क्षेप्यास्त्र हमलालाई अन्धाधुन्ध […]
