१५ औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न अडिग छौं : प्रकाशमान
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५ औँ महाधिवेशन सम्पन्न गरिने बताएका छन् । शुक्रवार काठमाडौंको शोभा भगवतीस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले १५ औं महाधिवेशनको तयारीमा आफूहरु अघि बढिसकेको बताए । ‘जस्तोसुकै परिस्थितिमा पनि १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशन विधिसम्मत […]
