यात्रुलाई शुल्क मिनाहा गरेर सिड्नीका फेरी श्रमिक तलब वृद्धि आन्दोलनमा
२ असोज, क्यानबेरा । अस्ट्रेलियाको सिड्नीमा फेरीका कर्मचारीहरू तलब वृद्धि र कामको अवस्थासम्बन्धी माग राख्दै औद्योगिक कारबाहीमा उत्रिएका छन्। औद्योगिक कारबाही भनेको कर्मचारी वा श्रमिकले आफ्ना माग पूरा गराउन रोजगारदाता वा व्यवस्थापनमाथि दबाब दिन अपनाउने कामसँग सम्बन्धित सामूहिक कदम हो। यसमा हडताल मात्र पर्दैन। हड्तालसँगै ओभरटाइम काम नगर्ने, कामको गति घटाउने, निश्चित काम वा जिम्मेवारी […]
