बेपत्ताको मृत्यु दर्ता कहिले ? सरकारी निर्णय कुरिरहेछन् परिवार
भोटेकोशी बाढीमा बेपत्ता आफन्तको कुशको शव बनाएर धार्मिक संस्कार पूरा गरे पनि मृत्यु दर्ता र अन्य कानुनी अधिकारका लागि सरकारी निर्णय आवश्यक देखिएको छ। कानुनी रूपमा न्यायिक मृत्यु घोषणाको बाटो भए पनि प्रक्रिया सहज बनाउन सरकारी निर्णयको पर्खाइमा पीडित परिवार छन्।
