बझाङमा भिरबाट लडेर घाइते महिलाको उद्धार गर्न हेलिकप्टर पठाइयो
१ असोज, काठमाडौं । बझाङको साइपाल गाउँपालिका–५ स्थित न्युना गाउँको भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । पूर्वाधार विकासमन्त्रीको पहलमा विपद् व्यवस्थापन निकायसँग समन्वय गरी घाइतेको उद्धार प्रक्रिया अघि बढाइएको हो । भिरबाट लडेर घाइते भएकी महिलाको करङमा चोट लागेको छ । गम्भीर अवस्थामा रहेकी उनलाई सदरमुकाम […]
