सार्वजनिक स्थानमा ३ महिनाभित्र डस्टबिन राख्नुपर्ने प्रस्ताव
१ असोज, काठमाडौं । सरकारले सार्वजनिक स्थानमा अनिवार्य रुपमा डस्टबिन राख्नुपर्ने गरी ऐन बनाउँदैछ । प्रतिनिधिसधभामा दर्ता भएको फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयकअनुसार फोहोरमैला उत्सर्जन गर्ने व्यक्ति, समूह, संस्था वा निकाय आफैले फोहोरमैलाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । आफ्नो कार्यक्षेत्र भित्रको फोहोरमैला संकलन गर्ने व्यवस्था स्थानीय तहले मिलाउनु पर्ने व्यवस्था विधेयकमा छ । […]
