२४ वर्षीय युवक भाडामा प्रयोग, २ वर्षमै डेढ अर्बको हुण्डी कारोबार
१ असोज, काठमाडौं । धनुषाको शहीद नगर नगरपालिका–४ घर भएका २४ वर्षीय अजयकुमार मुखिया अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई मंगलबार साँझ ५ः२० बजे शहिद नगर–४ बाट पक्राउ गरेको थियो । उनी पक्राउ पर्नुको कारण भने हुण्डीसँग सम्बन्धित छ । […]
