इलाममा जिप पल्टिँदा चालकको मृत्यु
१ असोज, काठमाडौं । इलाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिपका चालक देउमाई नगरपालिका–१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेत रहेका छन् । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना भएको थियो । जिपले थिचिएर बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]
