कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। उक्त वार्षिक साधारणसभाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ। साथै, उक्त साधारणसभाबाट लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८२/८३ […]
