नेपाल, क्यानडा र ओमानबीचको लिग–२ शृङ्खला ओमानमै हुने संकेत
३१ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, क्यानडा र ओमानबीच अर्को महिना हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खला ओमानमै हुने संकेत देखिएको छ । हर्मुज जलडमरूमध्य क्षेत्रमा उत्पन्न सुरक्षा चिन्ताका कारण शृङ्खला अन्यत्र सारिने चर्चा चले पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शृङ्खला आयोजनाका लागि अन्ततः स्वीकृति दिएको क्यानडाको समाचार संस्था द टोरन्टो सनले […]
