भोटेकोशी बाढी : माथिल्लो त्रिशूली–१ मा पाँच शव फेला, चिलिमेमा पाँचको शव निकालियो
काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनामा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य बुधबार पनि जारी रहेको छ। माथिल्लो त्रिशूली–१ र चिलिमे जलविद्युत आयोजनामा खोजीका क्रममा बेपत्ता व्यक्तिका शव फेला परेका छन्। २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा हराइरहेकाको खोजीका क्रममा बुधबार पाँच शव फेला परेको आयोजनाले जनाएको छ। अडिट–३ सुरुङबाट माथिल्लो भागतर्फ […]
