पूर्वप्रधानमन्त्री भट्टराई बाढी प्रभावित क्षेत्र पुगे
३१ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बुधबार नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट लगायतका क्षेत्रमा पुगेर भट्टराईले अवलोकन गरेका हुन् । सो क्रममा भट्टराई बाढी प्रभावित नागरिकसँग पनि कुराकानी गर्दै क्षतिको जानकारी लिएका छन् । यस्तै, विभिन्न होल्डिङ सेन्टरमा पुगेर बाढीपीडितसँग छलफल पनि गरेका छन् ।
