नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्ष : मित्रता, ऐक्यबद्धता र पर्यटन प्रवर्द्धन गर्न विशेष सांस्कृतिक महोत्सव आयोजना हुँदै
काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आगामी २०८३ मंसिर ६ गते (२२ नोभेम्बर २०२६) काठमाडौँको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६ ~संस्कृति मार्फत ऐक्यबद्धता~’ आयोजना हुने भएको छ। उक्त महोत्सव ‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा सम्पन्न हुन लागेको हो। यस महोत्सवले नेपाली तथा जापानी संगीत, कला-संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी […]
