पाठ्यक्रम विकास केन्द्रले बुझ्नै नसकेको कर्णाली
हामीले शिक्षा सुधारका नाममा मानिसको मन, अनुभव र विचारलाई जानकारीको थुप्रोले ढाक्न खोजिरहेका त छैनौं ? के शिक्षाको सुधार मानिसहरूको हृदय र अनुभवलाई अवमूल्यन गरेर सम्भव हुन्छ ? कर्णालीका लागि पाठ्यक्रम बनाउँदा कर्णालीलाई सुन्न आवश्यक छ। अनलाइन फारमले केही जानकारी दिन सक्छ, तर त्यसले कर्णालीको सम्पूर्ण कथा भन्न सक्दैन।
