अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद, क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तरराष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचका क्रममा शङ्कास्पद देखिएका दुई कार्टुन चुरोट फेला परेको हो । नयाँ बजारस्थित स्काई किङ लजिस्टिक प्रालिका सञ्चालक सुवास कुँवरमार्फत ती […]
