कुमारी बैंकको लाभांश घोषणा
काठमाडौं । कुमारी बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
