झापामा जंगली हात्ती मृत फेला
३१ भदौ, झापा । मेचीनगर नगरपालिका-३ तेलपानीस्थित धानबारीमा जंगली हात्ती आज बिहान मृत फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए । स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए । […]
