चिया मजदुरको ज्याला र सामाजिक सुरक्षाको व्यवस्था कडाइका साथ कार्यान्वयन होस् : सचेतक राई
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए । ‘चिया मजदुरहरुको […]
