सरकारले २१ बुँदे पुँजी बजार पुनरुत्थान कार्ययोजना ल्याएसँगै नेप्सेमा उछाल, प्रि ओपन सेसनमा ८६ अंकले बढ्यो
काठमाडौं । सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि सरकारले २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना ल्याएसँगै नेप्सेमा उछाल आएको छ । प्रि ओपन सेसनमा मात्रै नेप्से परिसूचक ८६.०५ अंकले बढेको छ । नेप्से परिसूचक २ हजार ६ सय ७१.०९ को बिन्दुमा आएको छ ।
