विपद्ले भूगोल हेर्दैन, सहकार्यको संस्कार सुरु गरौं
विपद्ले भूगोल हेर्दैन। आज रसुवा र भोटेकोशी प्रभावित छन्, भोलि कुनै अर्को हिमाली, पहाडी वा तराईको स्थानीय तह संकटमा पर्न सक्छ। त्यसैले आज प्रभावित क्षेत्रलाई सहयोग गर्नु केवल एउटा जिल्लालाई सहयोग गर्नु होइन; भोलि आफूलाई आवश्यक पर्न सक्ने सहकार्यको संस्कार आजै निर्माण गर्नु हो।
