अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
३० भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै आज गाउँपालिकाभर सार्वजनिक बिदा दिने जनाएको हो । नेपालीहरूको आस्थाको धरोहरका रूपमा रहेको नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए […]
