ट्रफी जितेर फर्किने वाचा पूरा गर्न सफल भयौं : कप्तान सन्दीप
२९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा गरेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मलेसियामा पुगेका नेपाली समर्थक तथा देशभरबाट साथ दिएका समर्थकलाई पनि धन्यवाद व्यक्त गरे । ‘हामी जाँदा एउटा वाचा गरेका थियौं- […]
