रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामाथि गरिँदै आएका आक्रमण रोक्न आग्रह गरेका छन् । राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाइ उत्पन्न भएको बताएका छन् । उनले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् […]
