रसुवा विनाशले हाम्रो कर प्रणालीलाई के सिकायो ?
बोइङले दुर्घटनापछि सोध्यो- 'के बिग्रियो ? फेरि नबिग्रियोस् भनेर के परिवर्तन गर्ने ?' गत वर्ष रसुवामा आएको बाढी ठूलो चेतावनी थियो। तर, हामीले के गर्यौँ ? फेरि उही बाटो बनायौँ, त्यही प्रणालीलाई निरन्तरता दियौँ। रसुवाको क्षति केवल पुनर्निर्माणको विषय होइन, कर नीतिमाथि पुनर्विचार गर्ने अवसर पनि हो।
