गरिमा हत्या प्रकरण : दुई बालकलाई सुधार गृह, १० प्रतिवादीलाई तारिखमा रिहा गर्न आदेश
२६ भदौ, जनकपुरधाम । बारा सिमराकी बालिका गरिमा चौधरीको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले दुई बालकलाई बाल सुधार गृहमा पठाउने र अन्य १० प्रतिवादीलाई तारिखमा राखेर रिहा गर्ने आदेश दिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले भदौ २४ गते दुई बालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको हो । […]
