खल्ती होटल्स सेवा सञ्चालनमा, अब एउटै एपबाट होटल, उडान र बस बुकिङ
२६ भदौ, काठमाडौं । आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँचतारे होटल खल्ती एपबाटै बुकिङ तथा भुक्तानी गर्न सक्नेछन्। स्याफायर म्यानेजमेन्ट ग्रुपसँगको प्राविधिक साझेदारीमा सुरु गरिएको यो सेवाको बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको कम्पनीले जनाएको छ। भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्काल […]
