अस्पतालबाट सुत्केरी निकालिनु सरकारको गैरजिम्मेवारीपनको उदाहरण : भूमिका लिम्बू
२६ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दु:खद घटना मात्रै नभएको बताएकी छन् । यो सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको उनको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दु:खद इतिहासको पनि जन्म भएको छ ।’ राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम […]
