सिरहामा आपसी विवादमा भएको कुटपिटबाट एक जना घाइते, दुई जना पक्राउ
२६ भदौ, सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाइते हुनेमा भगवानपुर गाउँपालिका–५ इनरवाका १७ वर्षीय आयुषकुमार मण्डल रहेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का १९ वर्षी राजु यादव र वडा- नम्बर १ का […]
