रङ्गमञ्चको नीति बनाउँदा पेशागत संस्थासँग सहकार्य गर्न नाट्यकर्मी महासंघको माग
काठमाडौं । नाट्यकर्मी महासंघले रङ्गमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ-संस्थासँग परामर्श र सहकार्य गर्न माग गरेको छ । महासंघले सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाउँदै रङ्गमञ्च क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रम तर्जुमा गर्दा सरोकारवाला पेशागत संस्थाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो । महासंघ अध्यक्ष राजेन्द्र रिमाल नेतृत्वको टोलीले प्रतिष्ठानको कार्यालयमा […]
