जोखिमको शब्दकोशले नचिनेको भोटेकोशीको अपरिचित अनुहार
भोटेकोशी बाढीमा 'ठूलो बाढी' लाई सबैले आफूले हालसम्म देखेको 'ठूलो' बाढीको अनुभवको मापदण्डमा राखेर बुझे। नदी किनारका बासिन्दाले बुझेको नदीको भाषा र भाव शायद यही थियो। त्यसैले नदीछेउ घर हुनेका लागि सुरक्षित ठाउँको परिभाषा एक कान्लो माथिको बारी, घरको छत वा अग्लो पुल बन्न गयो। आखिर हालसम्म भोगेका बाढीहरूमा सुरक्षाका अभेद्य किल्ला तिनै त थिए।
