दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री
जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका दीपककुमार साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भए । त्यसपछि जनस्वराज र सर्वोदय दल गठन गरे । सर्वोदय दललाई रास्वपामा विलय गराएर सांसद बनेका साह अहिहले उद्योग मन्त्री नियुक्त भए ।
