बुद्ध रिजेन्सीले १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने, विक्री प्रवन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । सिद्धार्थनगर, लुम्बिनीमा सञ्चालित पाँच तारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसबाट कम्पनीले १५ करोड रुपैयाँ बराबरको रकम सर्वसाधारणबाट जुटाउनेछ । साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल […]
