प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि टेन्ट र स्लिपिङ ब्याग सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाका बाढीपीडितका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरबारविहीन तथा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बैंकले भाद्र २५ गते राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको हो । बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले […]
