मोबाइल फोन इम्पोटर्स एसोसिएसनले गर्यो बाढीपीडितका लागि ३१ लाख सहयोग
काठमाडौं । मोबाइल फोन इम्पोटर्स एसोसिएसनले भोटेकोसी बाढीपीडितलाई ३१ लाख रुपैयाँ सहयोग गरेको छ । एसोसिएसनका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई उक्त रकम बुधबार हस्तान्तरण गरेका हुन् । बाढीपीडित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व रहेकाले एसोसिएसनले आफ्नो दायित्व निर्वाह गरेको अध्यक्ष मल्होत्राले बताए । सहयोगमा एसोसिएसनमा आबद्ध संस्थाले देखाएको […]
