खप्तडछेडेदहकी कमलाले बाटैमा जन्माइन् बच्चा
२४ भदौ, बाजुरा । बाजुराको खप्तडछेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटीले बाटोमै बच्चा जन्माएकी छिन् । मंगलबार दिउँसो बुढीगंगा नगरपालिका–६, फालासैन बजारमाथिको बाटोमा सुत्केरी व्यथा लागेर छट्पटाइरहेकी कमलालाई स्वास्थ्यकर्मीको टोलीले बाटोमै प्रसूति सेवा दिएको हो । बाजुरा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ईश्वरी केसीका अनुसार कमलालाई सुत्केरी व्यथा लागेर बाटोमा अलपत्र परेको देखेपछि स्थानीयले स्वास्थ्यकर्मीलाई […]
