अभावले आहत उपभोक्तालाई मूल्यमा पनि ठगी, ग्यास र सिलिन्डरको ३/३ हजारसम्म असुली
भान्सामा ग्यास सकिएर चुलो निभाउनुपर्ने अवस्थामा पुगेका र एक सिलिन्डर ग्यास पाइने आशामा रातदिन लाइन बस्न बाध्य सर्वसाधारण नागरिक डिलरले मागेजति रकम तिर्न विवश छन् । राज्यले तोकेको भन्दा झन्डै १ हजार रुपैयाँ बढी तिर्दा पनि न उनीहरूले बिल पाउँछन्, न त कुनै गुनासो सुन्ने निकाय नै छ ।
